विशेषण र क्रिया विशेषण पहिचान गर्ने तरिकाहरु


·          क्रिया विशेषण पहिचान गर्ने तरिकाहरु:


कहाँ, कहिले, किन, कति, कसरी भन्ने प्रश्नको उत्तरमा आउने शब्दहरु जस्तो:

कहाँ: यहाँ, माथि, तल, आदि।

कहिले: हिजो, आज, पोहोर, अघि, पछि......

किन: पढ्न, खान, पढेकाले.......

कति: धेरै, थोरै, अलिकति.....

·         धातुमा फुर्का जोडिएर आउने शब्दः

  ईः पढी, लेखी......

एरः पढेर, लेखेर......

नः पढ्न, खान, जान......

तै/दैः पढ्दै, लेख्दै......

ता/दाः पढ्दा, लेख्दा....

इन्जेलः खाइन्जेल, गइन्जेल......

एकालेः पढेकाले, गएकाले......

नालेः पढ्नाले, जानाले, खानाले.......

आरी/तारीः यसरी, उसरी, जसरी.....

* नामयोगी लागेका शब्दहरुः

राम्रोसँग, घरअघि, डाँडापारि.......

* अनुकरणत्मक शब्दहरुः

भुर्र, खुर्र, पुलुपुलु.......

* विशेषणको अगाडि आउने शब्दः

धेरै तातो पानी।

धेरै- क्रिया विशेषण।

* पनिः क्रियाको भाव बताउन आएमा। जस्तो म यो कुरा सन्तानलाई पनि सिकाउछु नि।

# विशेषण पहिचान गर्ने तरिकाहरुः


* कस्तो, कत्रो, कति, कुन भन्ने प्रशन गर्दो उत्तरमा आउने शब्दहरुः

कस्तोः रातो, सेतो, राम्रो, नुनिलो, गुलियो, मिठो, नयाँ, पुरानो, लाटो, धनि.....

कतिः धेरै, थोरै, अलिकति......

कत्रोः ठुलो, सानो, अग्लो, होचो, लामो........

कुनः यो, त्यो, पहिलो, दोस्रो........

षष्ठी विभक्ति लागेका शब्द। को/का/की.....

मेरी दिदी, आफ्नो मान्छे.....

* निम्न प्रत्यय लागेका शब्दः

नेः पढ्ने, खाने...

एका/एकीः पढेकी, लेखकी.....

तो/दोः पढ्दो, लेख्दो....

इकः समाजिक, भऔगोलिक....

इलोः रसिलो, पोसिलो........

लीः गोर्खली, नेपाली, पाल्पाली....

आलुः मयालु, दयालु, इखालु.....। आदि।




Post a Comment

0 Comments